साउन २७, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा जीप र मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु १ त ९७५९ नम्बरको जीप र लु २० प ५१७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा रहेका दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्यूठानको लिवाङ–८ घर भई अहिले पूर्वी नवलपरासी कावासोती बस्ने जगतबहादुर परियार र उनका भान्जा विजय परियारको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्