राजनीति

शान्ति, सभ्य समाज र महिला सशक्तीकरण ब्रह्माकुमारीले ठूलो योगदान : मन्त्री पोखरेल



साउन २७, काठमाडौं । उप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले देशमा शान्ति, सभ्य समाजको निमार्ण र महिला सशक्तिकरणमा ब्रम्हाकुमारीले दिएको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित ‘स्वर्णिय संसारका लागि वैश्विक जागृति’ विषयक कार्यक्रमा बोल्दै मन्त्री पोखरेलले उच्च नैतिक संस्कार विकास गर्ने उद्देश्य राखेर गरिने अभियानमा सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले लागुऔषध सेवन, मध्यपान र धूमपानजस्ता कुलत तथा दूव्र्यशनबाट मुक्ति दिलाउने काममा ब्रह्माकुमारीले पु¥याउँदै आएको योगदानको सह्राना गरे ।

मन्त्री पोखरेलले ब्रह्माकुमारी शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्दै अघि बढिरहेको छ, प्रत्येक व्यक्तिमा जागरणद्वारा गुणको विकास गरी असल नागरिक बन्न अभियानले प्रेरित गर्नेछ, मानिसमा नैतिक र चारित्रिक विकास नभएसम्म समाजले विकासमा फड्को मार्न नसक्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेललाई केन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।