साउन २८, एजेन्सी । ‘मिस नेपाल नर्थ अमेरिका २०१८’को बिजेता नेपालकी मोनिका घले घोषित भएकी छिन ।
न्युयोर्कमा सम्पन्न प्रतियोगितामा घलेले १७ प्रतियोगीहरुलाई पछि पार्दै विजयी हुन सफल भएकी हुन् । सोहि प्रतियोगितामा सुजाता लामा प्रथम बिजेता र श्रीजना राई द्वितीय बिजेता घोषित भएका छन ।
प्रतियोगीहरुमा अमेरिकाका विभिन्न राज्यहरु, मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो । पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।
कार्यक्रममा मेगा प्रस्तुती बर्तिका एम राई ,हेमन्त राना ,बिक्की गुरुङ ,धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो । उक्त प्रतियोगीताको निर्णायकहरुमा राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स ,स्लेतभाना क्रामर,जोली अमात्य र फ़ातिमा रूममा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्