समाचार

पाल्पामा सवारी दुर्घटना : दुईको मृत्यु, तीन घाइते



साउन २८, पाल्पा । तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डे बगनासकाली गाउँपालिका ३ का ९ महिनाको निसान बस्यालको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ग १ च ६७४८ नम्बरको रोकिराखेको पिकअप जीप घिस्रिएर दुर्घटना हुँदा घाइते भएका बगनासकालि गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, उनका ५ वर्षीय छोरा नविन बस्याल र नवलपरासी सुनवल नगरपालिका २ प्रगतिटोलका ५१ वर्षीय रामजी चौघारीको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।

ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।