समाचार

देशभर भारी वर्षा : अझै दुई दिन वर्षा हुने, सतर्कता अपनाउन आग्रह



साउन २८, काठमाडौं । आज देशभर भारी वर्षा भइरहेको छ । अझै दुई दिन लगातार वारी वर्षा हुने भएकाले नदी आसपासका सर्वसाधारणलाई जल तथा मौसम विभागले आग्रह गरेको छ ।

महाशाखाले आज र भोली चुरेका सवैजसो खोलानाला र तराइको होचा स्थानमा बाढी–डुवानको जोखिम रहेको जनाएको छ । सप्तकोसीमा आज साँझपछि बहाब सतर्कता तह माथि जान सक्ने महाशाखाको अनुमान छ ।

आज देशका विभिन्न नदी तथा खोला–खहरेमा वाढी आएको छ । लगातारको वर्षाले राप्ती, कमला, बागमती, कन्काई, रातु, बबई लगायत देशैभरीका नदी र खोलामा बाढी आएको हो । राप्ती नदीमा वाढीले खतराको सतह पार गर्न लागेपछि गए रातीदेखि नै साइरन बजाइएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले भने अझै थप दुई दिन लगातार बर्षा हुने संभावना छ । कतै मध्यम हुन्छ त कतै भारी वर्षाको संभावना रहेको छ ।

भारी वर्षापछि सिन्धुलीको कमला नदीको बहाब खतराको तहसम्म पुगेको छ । रानीबास क्षेत्रमा कमला नदीको बहाब खतराको तहसम्म पुग्दा स्थानीय त्रसित बनेका छन् । त्यस्तै कमला, कन्काइ, बागमती लगायतमा वाढीले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।