राजनीति

फरार अभियुक्त प्रदेश २ का राज्यमन्त्री शर्मा अदालतमा हाजिर



साउन २८, महोत्तरी । सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा हाजिर भएका छन् ।

सर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

शर्मा कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै अदालतमा उपस्थित भएका थिए ।

शर्माको निवेदनमा अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको जनाएका छन् । यसअघि अदालतले परमादेश जारी गरेपछि राजपा नेपालका नेताहरुले प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुसँग भेटेर कुराकानी गरेका थिए ।

यस मुद्दामा १ः३० बजेदेखि बहस शुरु हुने बताइएको छ ।