साउन २८, काठमाडौं । नेपालवाट जाने अधिकाशं देशहरुमा फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था लागु गर्न नसकिरहेको अवस्थामा वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्क सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले नेपाली श्रमिक पठाइने सबै मुलुकमा फ्रि भिसा र फ्रि टिकेटको नीति अबलम्बन गर्न सिफारिस गरेको छ ।
पूर्वराजदूत उदयराज पाण्डे संयोजकत्वको कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई सोमरबार बुझाइएको प्रतिवेदनमा विश्वव्यापी रुपमा नै वैदेशिक रोजगारीमा श्रमिकहरु जाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने पद्धति ९इम्प्लोयर पे मोडेल० लागू गर्नु पर्छ भन्ने मान्यता रहेको भन्दै अहिले लागू भएका ७ बाहेक बाँकी मुलुक तथा रोजगारीका क्षेत्रमा पनि श्रमिकहरुलाई निःशुल्क पठाउने व्यवस्था गर्न आवश्यक देखिएको सुझाव दिएको छ । यसका लागि सरकारले सम्बन्धित मुलुकसँग द्विपक्षीय श्रम सम्झौता वा समझदारी गर्नु उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै सेवा शुल्क रोजगारदाताले नव्यहोर्ने खालका मागपत्रहरुको प्रमाणीकरणमा निरुत्साहन गर्दै सबै गन्तव्य देशहरुमा शून्य लागत पद्धति लागू गर्नु गर्न सिफारिस गरिएको छ । नेपालले पनि खाडीका ६ वटा मुलुक र मलेसियाका हकमा निशुल्क भिसा र टिकेटको नीति लगाइसकेको छ । गणतन्त्र कोरियाको र बाँकी राष्ट्रहरुका हकमा फरक(फरक किसिमका सेवा शुल्क निर्धारण गरेको अवस्था छ ।










प्रतिक्रिया दिनुहोस्