समाचार

नुवाकोटमा तीनवटा मिनिट्रकमा आगजनी



साउन २९, नुवाकोट । नुवाकोटको बोहोरे खोलामा तीनवटा मिनिट्रकमा आगजनी भएको छ ।

बालुवा बोकेर काठमाडौंका लागि छुटेका बा ४ ख ८५१६, बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरका मिनिट्रकमा आगजनी र तोडफोड भएको नुवाकोटका प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका ८ मा पर्ने बोहाेरे खोलामा बिहान सवा ७ बजेतिर ७–८ जनाको समूहले आगजनी र तोडफोड गरेको छ  ।