साउन २९, काठमाडौं। मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् ।
उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ । नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले गत साउन ८ गतेदेखि लागू हुने गरी सजाय सुनाएको हो ।
विना लाइसेन्स मोटरसाइकल चढेका उनीहरुले कारबाही नगर्न भन्दै १ सय ५० रिंगेट घुस दिने खोजेका थिए ।
प्रतिक्रिया दिनुहोस्