सम्पादकीय

अझै पक्राउ परेरनन् बलात्कारी मामा !



सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका ५ साउने टोलकी १७ बर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए । आजको नागरिक दैनिकमा यो समाचार  छापिएको छ ।

छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् ।

ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कार भएको थियो । कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् ।