साउन ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले आयकरमा सामान्य हेरफेर मात्र भएको भन्दै कुनै पनि एक व्यक्तिले एक तहको सरकारमा कर तिरे पछि अन्य कुनै पनि सरकारलाई कर तिर्नु नपर्ने बताएका छन् ।
आज एविसी टेलिभिजनमा अन्र्तवार्ता दिदै उनले करको वारेमा अनावश्यक हल्ला मात्र फैलाएको बताए । उनले आयतलाई प्रोत्साह र निर्यातलाई प्रतिस्थापन गर्ने गरी भ्याटको दायरा सामानय रुपमा वढाएको बताउँदै भन्सार करमात्र वद्धि भएको बताएका छन् ।
देउवा नेतृत्वको सरकारले देशको आर्थिक डामाडोल वनाएकोलाई वर्तमान सरकारले त्यसलाई परिपूर्ति गर्दै गएको र आगामि वर्षको वजेट पपुलर आउने बताए ।
विकास निमार्ण तथा अािर्थक उन्नतीका पक्षमा हिजोको अवस्था र आजको अवस्था विश्लेषण गर्ने वा तुलना गर्ने हो भने सरकारले बनाएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई व्यवहारमा परिणत गर्न सरकारले नीति तथा कार्यक्रम अघि वढाएको बताएका छन् ।
ठूला आयोजनामा नीतिगत रुपमा विगतका सरकारले अत्याघिक रुपमा भ्रष्टचार गरेको भन्दै वर्तमान सरकारले त्यसलाई सुधार गर्दै विकसित तथा परिस्कृत रुपमा देशलाई अघि वढाउने वाटो खोलेको वताए ।
वर्तमान केपी ओली नेतृत्वको सरकारले छिमेकी देश भारत र चीनसँको सम्वन्धलाई सदृढ वनाएको बताउँदै नरेन्द्र मोदी नेपाल आई ९०० मेगाहर्जको अरुण तेस्रो सिलान्यास तथा रेलमार्ग, कोशि, कर्णाली र नारायणीमा पानीजहाज ल्याउने वारेमा सम्भाव्यता अध्ययन शुरु भएको बताए । उनले देशलाई द्रुत गतिमा आर्थिक विकास गर्न भारत तथा वंगलादेश सँग विद्युत खरिद सम्झौता भएको, चाइनासँग ट्रान्समिसन लाइनेको प्रकृया अघि वढीरहेको, पट्रोलीयम पदार्थको खरिदका कारण भएका घाटालाई रोक्न सरकारले उर्जाक्षेत्रमा सुधार गरेको, जलविद्युत आयोजनालाई तिव्र रुपमा विकास गर्दै गएकाले वजेट घाटालाई अन्त्य गराउने अभियानकै रुपमा अघि वढेको बताएका छन् ।
देउवा सरकारका कारण करिव ११ खर्व घाटामा रहेको नेपाललाई वर्तमान सरकारले सुधार गरिरहेको र आगामि दिनमा आर्थिक अनियमितता, अराजकता रोक्नेको निम्ती सरकार गम्भीर रुपमा अघि वढेको बताएका छन् । त्यस्तै राजश्व वृद्धिको रेकर्ड हेर्ने हो भने पनि वर्तमान सरकारले लक्ष्यभन्दा वढी उपलब्धी हासिल गरेको र यसवाट मुलुकको आर्थिक सुसचाङ्क सकारात्मक ढंगवाट अघि वढेको वताएका छन् ।
कार्यक्रममा देशले स्थायीत्व सँगै विकासको गतिलाई द्रुत गतीमा अघि वढाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै वैदेशिक सहायता तथा प्रतिवद्धता पनि तिव्र रुपमा भईरहेको जानकारी गराएका छन् ।
वर्तमान सरकार सफलताको वाटोमा अघि वढेको वताउँदै रेलमार्ग, मेट्रोरेल, स्मार्ट सिटी, सुविधासम्पन्न सहरको निमार्ण गर्ने, पर्यटन विकासको लागि १७ वटा भन्दा वढी ५ स्टार होटलहरु निमार्णको प्रकृयामा रहेको, वर्तमान सरकारले राजदुत नियुक्ति लगायतका व्यक्तिहरुलाई नियुक्ती गर्न मापदण्ड वनाई अघि वढेको बताएका छन् ।
सांसद वस्नेतले वस्तुको खरिद गरी सेवा विक्रि गर्दा त्यसमा भएको घाटा फुलफिल हुने दावी गरेका छन् । होटलहरुमा वर्तमान समयमा लगानी धेरै देखिएता पनि सेवा दिन थालेपछि विदेशि डलहरु आउने जसवाट देशको अािर्थक उन्नती हुने वताउँदै सांसद वस्नेतले इतिहासकै सवैभन्दा राम्रो सुरक्षा व्यवस्था भएको वताएका छन् । देशमा अपराधिका घटना, सुन काण्ड, ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही, सिण्डिकेटको अन्त्य, वैदेशिक रोजगारीमा अनौतिक ढंगले काम गर्ने म्यानपावर कम्पनीलाई कारवाही प्रकृया अघि वढाएकोले अवका दिनमा देशलाई कुनै पनि प्रकारका भ्रष्टचार, दलाली, शोषक, सामन्ती लगायतकाले अड्डा जमाउन नसक्ने वताएका छन् ।
संविधानको कार्यान्वयन तथा कानुन निमार्णको चरणमा रहेकाले काम गर्न केही मात्रामा समस्या आउने वताउँदै सांसद वस्नेतले स्थानिय तहमा करिव ३५ करोड बजेट गएको जसवाट स्थानीय सरकारले विकास निमार्णका कार्यहरु गर्न सहज भएको वताएका छन् ।
सरकार भन्दा वहिर वस्नुपर्ने भएकाले वानी पर्न काग्रेसलाई केही समस्या भएकाले विकास विरोधि कार्य गरेको बताउँदै अराजक रुपमा वन्द हड्ताल गर्न नपाइने भन्दै त्यसको निम्ती सरकारले आन्दोलन, विरोध गर्ने निश्चित स्थान तोक्नु गलत नभएको बाएका छन् । आन्दोलनको नाममा अराजक तत्वले हावी गर्न खोजेको र अराजक तत्वले जहाँ पनि विरोध तथा आन्दोलन गर्न पाउनुपर्छ भन्ने हुँदैन कुनै पनि देशमा नभएको बताएका छन् ।
वित्तिय संघियता कार्यान्वयन गर्न ठूलो चुनौति रहेको भन्दै सांसद वस्नेतले सरकारले अनुत्पादक क्षेत्रमा लगानी नभई उत्पादक क्षेत्रमा लगानी हुनुपर्ने वताएका छन् । त्यस्तै वस्नेतले समाजमा चोर छन् भनेर ताल्चा लगाउने भन्दा पनि सुरक्षाको लागि ताल्चा लगाउनु पर्ने वताएका छन् ।
कर तथा अन्य विभिन्न प्रकारका अनावश्यक कुराहरु देखाई सरकारको विरुद्ध नकरात्मक सन्देश फैलाउन खोजीएको भन्दै उनले भने ‘स्याल हुँईयाको पाराले कर वढेको भनि विपक्षि तथा केही नाम चलेका मिडियाले कुरा वङ्ग्याई नकरात्मक हल्ला मात्र फैलाएकोले यो धेरै दिन नटिक्ने दावि समेत गरेका छन् ।
शक्ति पृथकीकरणको आधारमा एकले अर्कालाई हस्तक्षेप गर्ने होइन साथ र सहयोग गर्ने हो भन्दै न्यायलयमा भएको भ्रष्टचारी, दलालीकरण, अराजकताको अन्त्य हुनुपर्ने बताएका छन् । उनले न्यायाधिशका दिपक राज जोशीलाई शैषिक प्रमाणपत्रको विवाद, एनसिएल, क्यासिनो, वलत्कार, जग्गा, हत्या जस्ता देशलाई घाटा पुर्याउने प्रकारका विवादीत फैसला गरेका कारण उनलाई संसदिय सुनुवाई समितिले उनको सिफारिश अस्किृत गरेको बताएका छन् ।
विगतमा नितिगत रुपमा ठूलो भ्रष्टचार रहेको भन्दै आगामि दिनमा त्यस प्रकारका घटनाहरु दोहारिन नदिने समेत बताएका छन् । विगतको सरकाले गरेको भ्रष्टचारका कारण देशका ठूला ठूला आयोजनाहरु निमार्णमा चुनौति रहेको जसलाई सम्पन्न गर्न कठिनाई भएको बताएका छन् । विगतको सरकारले राजनैतिक नियुक्ति तथा आफ्ना कार्यकर्तालाई सरकारी पैसाको दुरुपयोग गरेका कारण देशलाई आर्थिक रुपमा धेरै पछि धकेल्न खोजीएको बताउँदै वर्तमान सरकाले त्यसलाई सहि वाटोमा ल्याएको वताएका छन् । उनले विगतको सरकारका कारण वर्तमान सरकारले अपेक्षा अनुसार वजेट ल्याउन नसकेको बताउँदै आगामि वर्षहरुका बजेटमा जनताले स्यावासी दिने प्रकारको आउनेमा ढुक्क हुन आग्रह समेत गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्