समाचार

जागरण नेपालको समन्वयमा नेतृत्व, विकास र लैङ्गिक सवाल विषयक गोष्ठी सम्पन्न



साउन ३०, काठमाडौँ । जागरण नेपालको समन्वय तथा प्रदेश सचिवालय प्रदेश नं. ३ को आयोजना मा ३ दिने नेतृत्व, विकास र लैङ्गिक सवाल विषयक गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश नं. ३को स्वास्थ्य, शिक्षा र कृषि समितिका सदस्यहरु सहितका महिला सांसदहरुको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आथिथ्यता माननीय सभामुख सानु कुमार श्रेष्ठरहेका थिए भने  विषेश अतिथिको रुपमा माननीय उपसभामुख राधिका तामाङ तथा सामाजिक विकास मन्त्री युवराज दुलाल अतिथिको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रम उद्घाटनको अवसरमा आयोजित कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै जागरण नेपालका संस्थापक अध्यक्ष श्री शर्मिला कार्कीले नागरिक समाज, संस्था सरकारको सहयोगी भुमिकामा रहेको स्पष्ट पार्दै नागरिक समाजसँग भएको श्रोत तथा साधनहरुलाई सरकारले प्रभावकारी ढंगमा सदुपयोग गर्न सके जित जितको अवस्था रहने र त्यस कार्यले सरकार र समाज दुवैलाई समृद्ध नेपालको नारालाई सहयोग पुग्ने बताएकी थिइन । तीन दिने उक्त कार्यक्रममा विशेषगरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा लैङ्गिक सवाल विषयमा छलफल भएको थियो । विभिन्न समसामयिक विषयहरु जस्तै समाज रुपान्तरणमा सांसदले खेल्नु पर्ने भुमिका तथा प्रभावकारी संसद संचालनको लागि सांसदहरुको कार्यगत नीति तथा आगामी कार्ययोजनाहरुको विषयमा समेत छलफल गरिएको थियो ।

प्रदेशको नीति तथा कार्यक्रममा लैङ्गिक वजेटको सवालमा प्रदेश नं.३ का अर्थ सचिव श्री केवल भण्डारी, सामाजिक रुपान्तरणमा सभासदको भूमिका विषयमा प्रदेश नं. ३ का प्रमुख सचिव रेश्मिराज पाण्डे, तनाव व्यावस्थापनमा माननिय सभामुख सानु कुमार श्रेष्ठ, सवालको पहिचान र वकालतमा नेतृत्वले खेल्नु पर्ने भूमिका विषयमा शर्मिला कार्की, महिला सांसदको अवसर चुनौती र भावी रणनीति विषयमा डा. विन्दा पाण्डे प्रतिनिधि सभा सदस्य, संसदीय अभ्यास र प्रादेशिक नीति निर्माणमा सभा सदस्यको भूमिका विषयमा पूर्व सचिव मुकुन्द शर्मा, सञ्चार माध्यममा महिला नेतृत्वको पहुँच विषयमा पत्रकार विजय पौडेलले सहजिकरण गरेका थिए  । 

कार्यक्रमको वारेमा प्रदेश नं. ३ सभामुख सानुकुमार श्रेष्ठले यस कार्यक्रमको प्रदेश सरकारले आवश्यकता महसुस शुरुका दिन देखि गरिरहेको साथै सभा सदस्यहरुले समेत यस प्रकारको कार्यक्रमको माग गरिरहेको तर विभिन्न कारणले गर्न नसकिरहेको अवस्थामा जागरण नेपालले यो गोष्ठी गर्नका लागि समन्वय गरि प्राविधिक समयोग उपलव्ध गराएकोमा विशेष धन्यवाद दिनुभयो । त्यसैगरि गोष्ठीमा उपस्थित सभा सदस्यहरुले कार्यक्रम समसामयिक र आवश्यक रहेको भन्दै कार्यक्रममा छलफल भएको विषयले आगामी दिनमा संसदमा प्रभावकारी भूमिका खेल्ने सहयोग गर्ने विश्वास व्याक्त गरेका थिए  ।