साउन ३१, काठमाडौँ । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदले सरकारसँग बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
सांसद भैरवसुन्दर श्रेष्ठ, रमेशप्रसाद यादव र कालीप्रसाद मल्लले जाजरकोटका बाढीपीडित राहत उपलब्ध गराउन र आवश्यक स्थानमा पुल निर्माण गरी आवतजावत सहज बनाउर्न सरकारको ध्यानाकर्षण गराए । सांसद धनकुमारी खतिवडाले ललितपुरस्थित रेडियो नेपालको जग्गा कानून विपरीत सम्झौता गरी स्थानीय निकायलाई कुनै खबर नै अरुलाई भाडामा लगाउने कार्य गैरकानूनी रहेको बताइन् ।
तेस्तै सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको, बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माणमा सरकारको ध्यान नपुगेको र रामप्रीत पासवानले राजधानीका सडकको जीर्ण अवस्था निर्र्माणमा तदारुकता नदेखाएकोभन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्