साउन ३१, वुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा तत्कालिन एमालेको तर्फवाट दलबहादुर राना मगर र तत्कालिन माओवादी (केन्द्र)को तर्फवाट गणेशमान पुन मगरको नाम सिफारिस भएको छ ।
प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर पाल्पा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालिन एमालेका प्रदेश ५ सहसंयोजक हुन् । त्यस्तै गणेशमान पुन तत्कालिन माओवादी जनमुक्ति सेनाका डिभिजन कमाण्डर तथा पूर्वमन्त्री हुन् ।
कार्यदलले प्रदेश ५ का जिल्ला नेतृत्व पनि सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेश ५ का १२ जिल्लामध्ये तत्कालिन एमालेले ७ र माओवादीले ५ जिल्लाको नेतृत्व पाउने छन् । जसअनुसार पूर्वएमालेबाट दाङमा शिव आचार्य, प्युठानमा तुलसीराम शर्मा, अर्घाखाँचीमा पिताम्बर आचार्य, कपिलबस्तुमा छबिलाल पोखरेल, रुपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बालसिंह काउछा मगर र पाल्पामा राधाकृष्ण कँडेल अध्यक्ष सिफारिस भएका छन् । त्यस्तै पूर्व माओवादीले जिल्ला अध्यक्ष पाएको बर्दियमा भुवन थारु, नवलपरासीमा घनश्याम यादव, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ र रोल्पामा सुरेन्द्र घर्ती मगर अध्यक्षमा सिफारिस भएका छन् ।
प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो ।
कार्यदलमा पूर्व एमालेबाट शंकर पोखरेल, दलबहादुर राना र भूमिश्वर ढकाल र पूर्व माओवादीबाट मणि थापा र गणेशमान पुन थिए ।










प्रतिक्रिया दिनुहोस्