सम्पादकीय

सुन तस्करी र सनम हत्या प्रकरण : उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर



संगठित सुन तस्करी र सनम शाक्य हतया प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीनजनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छपिएको छ ।

उच्च अदालत बिराटनगरमा भएको बहसपछि मुख्य न्यायाधीश कुलरत्न भुर्तेल र न्यायाधीश उमेशकुमार सिँहको संयुक्त्त इजलासले पुण्यप्रसाद लामा र सम्बिरप्रसाद तोलाङेको हकमा जिल्ला अदालतकै आदेश सदर गरेको हो । न्यायाधीश हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयक्त्त इजलासले अभियुक्त्त राजनकुमारको हकमा जिल्लाकै आदेश सदर हुने आदेश गरेको हो ।