भदौ १, काठमाडौं । तामाङ समाज न्युयोर्क द्वारा ‘मिस नेपाल नर्थ अमेरिका २०१८’ का विजेताहरुलाई सम्मानका साथमा रात्री भोज आयोजना गरेको थियो।
संस्थाले न्युयोर्कमा हुने यस्ता प्रकारका युवा पुस्ताको कार्यक्रमहरुलाई विशेष रुपमा लिने गरेको हुदा मिस नेपाल नर्थ अमेरिका २०१८ को फाइनल हुनुभन्दा एक दिन अघि अगष्ट १० मा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका केन्द्रिय अध्यक्ष लक्यान लामा र न्युयोर्कका अध्यक्ष गोमा योञ्जनले सहभागीहरुलाई खादा लगाई शुभकामना व्यक्त गरेका थिए ।
मिस नेपाल नर्थ अमेरिकाको अगस्ट ११ को फिनालेमा वेस्ट ट्यालेन्ट अवार्ड तामाङ सोसाइटी अफ न्युयोर्कका अध्यक्ष योञ्जनको हातबाट वितरण गरेकी थिइन् भने मिस पपुलर अवार्ड केन्द्रिय अध्यक्ष लामाको हातवाट वितरण गरिएको थियो ।
आयोजकले यसरी तामाङ समाजको संस्थालाई सम्मान गरेकोमा रात्री भोजमा मिस नेपाल नर्थ अमेरिका आयोजकलाई समेत संस्थाले सम्मान गरेको थियो । मिस ट्यालेन्ट पुजा थापालाई अध्यक्ष योञ्जन र मिस पपुलर स्वेता लामालाई अध्यक्ष लामाद्वारा अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा वोल्दै अध्यक्ष लामाले विजेताहरुलाई शुभकामना व्यक्त गर्दै भने ‘ताजको सम्मान गर्नुहोस्, यो भन्दा पनि सम्मानीत ताज जिताउन सफल बनाउँछ । ताजको भ्यालु वुझनुहोस् र त्यसलाई सम्हालेर राख्नुहोस् ।’ त्यस्तै कार्यक्रममा वोल्दै न्युयोर्कका अध्यक्ष योञ्जनले भनिन् ‘युवाहरुको चाहना, इच्छा र भिजनबाट मात्र संस्थाले गति लिने हुदा हामीले युवा पुस्ताको भिजन लिएर अघि वढेको र सधै संस्था यहाँहरुको साथमा हुने कुरा राख्नु हुदै हौसला व्यक्त गरिन् ।
न्युयोर्कमा सम्पन्न प्रतियोगितामा घलेले १७ प्रतियोगीहरुलाई पछि पार्दै घले विजयी हुन सफल भएकी हुन् । प्रतियोगीहरुमा अमेरिकाका विभिन्न राज्यहरु, मेक्सिको र क्यानडाबाट समेत सहभागिता रहेको थियो । पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।
कार्यक्रममा मेगा प्रस्तुती बर्तिका एम राई, हेमन्त राना, बिक्की गुरुङ, धर्मबिर लामा तथा झंकार डान्स केन्द्र न्यू योर्कको अद्वितीय प्रस्तुति रहेको थियो ।
उक्त प्रतियोगीताको निर्णायकहरुमा राजेन्द्र श्रेष्ठ, ईभन फ़ोर्ब्स, स्लेतभाना क्रामर, जोली अमात्य र फ़ातिमा रूममा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्