भदौ १, काठमाडौं । नेपालले उपहार स्वरुप जोडी गैँडा आज चीन पठाउँदैछ ।
हिजो पठाउने तयारी भएको गैँडा चीनको गोञ्जाओ शहरमा हावाहुरी चलेका कारण आज पठाउन लागिएको हो।
चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौँ ल्याइएको छ । नेपालले पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’ लाई गएको असार २८ गते चीन पठाइसकेको छ ।
असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भद्र र रुपसी’ नामक एक जोडी गैँडा चीनलाई हस्तान्तरण गरेका थिए । २०७३ सालमा ओली नेतृत्वको सरकारले २ वटा भाले र २ वटा पोथी गैँडा चीनलाई उपहारस्वरुप दिने निर्णय गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्