समाचार

मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट : राष्ट्रिय मानव अधिकार आयोग



भदौ १, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आजबाट लागू गरेको सो कानुन सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने बताएका छन्  ।

प्रतिस्थापन गरिएको कानुनहरुमा मुलुकी अपराध ऐन अन्तरगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् ।