भदौं १, काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले वर्तमान सरकारले पूर्वाधार विकासको काममा जोड दिदैं आगामि पाँच वर्षभित्र नेपालमा गरिबी अन्त्य हुने घोषणा गरेका छन् ।
शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खतिवडाले संयुक्त राष्ट्र संघले घोषणा गरेको भन्दा अघि नै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दावी गर्दै वर्तमान सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी गरिबी निवारण लगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको बताएका छन् ।
संयुक्त राष्ट्र संघले सन् २०३० भित्र नेपालले दिगो विकास लक्ष्य अनुसार सरकारले विद्युत, शिक्षा, साक्षरता, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए । मन्त्री अतिवडाले उक्त दिगो लक्ष्य प्राप्त गर्न सरकारले स्थानीय तथा प्रदेश तहको सरकारसँग सहकार्य गरी अन्तराष्ट्रिय लगानी भित्र्याउनेमा सरकार लागि परिरहेको बताए ।
बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले अनुगमन र मूल्यांकनको माध्यामबाट स्रोत र साधनको सदुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दिर्घकालीन योजना बनाउने काम पनि भइरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्