भदौं १, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन मिति सरेको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका भदौ १७ गते हुने जानकारी गराएका हुन् । यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।
यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फर्स्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरे । विधेयकमाथि कुनै पनि विरोधको सूचना परेका छैनन् ।
अर्को बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाइएको छ ।










प्रतिक्रिया दिनुहोस्