भदौ १, मोरङ । मोरङको ग्रामथान गाउँपालिका –३,मा एक युवतीको हत्या भएको छ ।
ग्रामथान गाउँपालिका –३, सिद्राहामा दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।
उनीहरु दुवैजना घुम्न जाने क्रममा को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । त्यही क्रममा हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन । उनीहरुको सम्बन्ध प्रेमी–प्रेमिका भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा युवती एकहप्ता पछि अष्ट्रेलिया जाने तयारी रहेकोले प्रेमिकाले धोका दिने ठानेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्