भदौं १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।
शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको छ । यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हुने भएको छ ।
त्यस्तै एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ । जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् । अव दुई विद्यार्थी संगठनको नेतृत्व वाहेक एकता अन्तिम चरणमा पुगेको छ । आगामी कार्यदलले आगामी वैठकले नेतृत्वको समेत टुङ्गो लगाउने भएको छ ।
विद्यार्थी संगठन एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ सदस्य रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्