समाचार

रिहा लगत्तै अदालत परिसरबाटै प्रकाण्ड पक्राउ



भदौं १, काठमाडौं । विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ ।

केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ । गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।