भदौ २, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं गुल्मोहर आर सि र लायन्स क्लब अफ काठमाडौं गुल्मोहर सत्याग्रह साप्ताहिकको संयुक्त आयोजनामा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
रुख रोपौं वातावरण जोगाऔं भन्ने मुख्य नाराका साथ उक्त कार्यक्रम आयोजना भएको हो । गोलढुङ्गा भ्युटावर परिसरमा रहेको लायन्स पार्कमा भएको कार्यक्रममा प्रमुख अतिथी PMCC लायन राजन लम्साल, अतिथी PRO लायन राजु चलिसे सहित दुबै क्लबका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त बृक्षारोपन कार्यक्रमा धुपी, लाकुरी, टाकी, कल्कि लगाएतका १३० बोटबिरुवा रोपिएको छ ।










प्रतिक्रिया दिनुहोस्