भदौ २, काठमाडौँ । सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘इंशा अल्लाह’मा सलमान खान र दीपिका पादुकोणको मुख्य भूमिका रहने भएको छ ।
भन्सालीले यो फिल्मको स्क्रिप्टको काम सुरु गरिसकेका छन् र, स्क्रिप्टको काम पूरा हुन साथ उनी फिल्मको स्टार कास्ट घोषणा गर्ने तयारीमा छन् । सलमान र दीपिका पहिलो पटक सँगै देखिने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
‘इंशा अल्लाह’ फिल्मको वर्किङ टाइटल हो । २०२० सम्म फिल्म रिलिज हुन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस्