भदौ २, भक्तपुर । हनुमन्ते नदी सफाई अभियानको २५ औं हप्ता आज भक्तपुरको लोकन्थली देखि जडिवुटीको मनोहरा पुलसम्म गरी सम्पन्न भएको छ ।
उठौ, जागौं हनुमन्ते नदी सफा गर्न सवै लागौं भन्ने मुख्य नाराका साथ सांसद महेश वस्नेतको विषेश पहलमा भइरहेको उक्त अभियानमा आज करिव ६ टन फोहोर व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला सभापति मनोज थापाको प्रमुख आतिथ्यमा भएको हो । अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको संयोजकत्वमा उपमेयर जुना वस्नेत, मध्यपुर ठिमी नपाको उपमेयर, भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, नेपाल प्रहरी, नेपाली सेना, विभिन्न संघ संस्था, स्थानीय जनप्रतिनिधि तथा उल्लेख्य रुपमा स्थानीय वासीको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्