भदौ २, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपाललाई जलमार्ग तथा रेलमार्गको विकासमा कसैले छेक्न नसक्ने भन्दै अवको केहि वर्षमा नै कोशी, गण्डकी र कर्णलीबाट पानी जहाजबाट नेपालको सम्बन्ध समुन्द्रसँग हुने दावी गरेका छन् ।
प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै उनले सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने केन्द्र सरकारको योजना भन्दै राजमार्ग, हुलाकी मार्ग, रेलमार्ग र पानीजाहाजसमेत कुदन भएकाले प्रदेश २ अत्यन्तै भाग्यमानी रहेको धारणासमेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल दुवै छिमेकीको राम्रो सम्बन्धको फाइदा लिन तत्पर रहेको पनि जानकारी दिए । ‘अहिले भारतसँग राम्रो सम्बन्ध छ, चीनसँग पनि राम्रो सम्बन्ध छ, दुईटा छिमेकीको बीचमा कुनै कार्ड खेल्दैनौं । मिलेर काम गर्छौं, तपाइहरु पनि मिलेर काम गर्नोस भनेका छौं । यसमा भारत चीन दुवै देश उत्यन्त उत्साही हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए सहयोग गर्न संघीय सरकार तयार रहेको बताए । साँझ विहान र छाक र रातका कुरा मात्रै गर्दा देश कसरी बन्छ ? भनि प्रश्न गर्दै प्रम ओलीले १९ वर्षदेखि चर्चामा मात्रै रहेको हुलाकी राजमार्ग बनाउन तीव्रता दिएको, पूर्वपश्चिम रेल बनाउन जोड, उत्तरदक्षिण रेलमार्ग बनाउन भारतसँग कुरा भएको, वीरगञ्ज-काठमाडौं रेल मार्गका लागि मोदीजीसँग कुरा गरेर काम थालेको बताएका छन् । उनले ५ वर्षभित्रै हुलाकी राजमार्ग पनि बनिसक्ने प्रदेशसभालाई जानकारी गराए ।
प्रधानमन्त्री ओलीले संविधान, ऐन, कानुन आवश्यकता अनुसार संशोधन हुने भन्दै देश र नागरिकको आवश्यकताका बखत चाहिएका बेला कुनै पनि ऐन कानुन शंसोधन गर्न सरकार तयार रहेको जानकारी गराए । त्यस्तै नागरिकता ऐनमा विभेद गरिएको भन्ने आवाज मैले सुन्दै आएको छु भन्दै उनले त्यसमा कुनै पनि विभेद नराखि संशोधन गर्न लागिएको जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्