Banner News

विकास तथा समृद्धि हाम्रो संकल्प, परिवर्तन हाम्रै पालामा : मुख्यमन्त्री पौडेल



भदौ २, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास अहिलेको देशको आवश्यकता भएको भन्दै देशमा समृद्धि तथा समुन्नत राष्ट्र निर्माण हाम्रै पालामा हुने दावि गरेका छन् ।

मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनतालाई प्रत्यक्ष अनुभूती हुने गरी यो प्रदेशलाई समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । जनताको जनचाहना अनुसार देश र जनताप्रति समर्पित भई जनताको सेवामा सम्पूर्ण जनप्रतिनिधिहरु लाग्नुपर्ने र जनताले त्यसमा साथ दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री पौडेलले पच्चीस वर्षअघि जननेता मदन भण्डारीले स्थापना गरेको जनताको बहुदलिय जनवादको आधारवाट नै वर्तमान समय प्रस्तुत भएको भन्दै मदन भण्डारीको सिद्धान्तलाई जीवन्त बनाउनु नै भण्डारी प्रति सम्मान ठहरीने वताए ।