समाचार

रानीपोखरी पुननिर्माणको टेण्डर तथा ठोस कार्यतालिका ल्याउनु : सिइओ ज्ञावली



भदौ २, काठमाडौं । पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवालीले रानीपोखरी पुनःनिमार्णको लागि टेण्डर आश्वान, निमार्ण लगायतका ठोस कार्यतालिका ल्याउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।

पटक पटक विवादमा परेको रानीपोखरी पुनर्निर्माणको जिम्मा महानगरपालिकाले नेपाली सेनालाई दिने निर्णयलाई उल्ट्याउदै सिइओ ज्ञावलीले काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्ने गरी जिम्मा दिने निर्णय गरेका छन् ।