प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान धर्मशास्त्र नभएकाले आवश्यकताअनुसार संशोधन हुने बताएका छन् । आफूले कहिल्यै संविधान संशोधनविरुद्ध नबोलेको उनले दाबी गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेश सभालाई सम्बोधन गर्दै आफ्ना बारे अफवाह फैलाइएको बताए । ‘संविधान संशोधन हुँदैन भनेर मैले कहिल्यै भनेको छैन, यो अफवाह हो,’ ओलीले भने, ‘म ५० वर्षदेखि सक्रिय रूपमा राजनीतिमा लागेको व्यक्ति संविधान, कानुन, विधान परिर्वतन हुँदैन कसरी भन्न सक्छु रु संविधान कुनै धर्मशास्त्र होइन, दस्तावेज हो, देश र जनताको हितका लागि परिर्वतन गर्न सकिन्छ ।’
उनले प्रदेश २ को विकासका लागि आफूले विशेष जोड दिने बताए । प्रदेशको कृषि र उद्योगलाई मात्रै व्यवस्थित गर्न सके समृद्धि हासिल हुने उनले बताए । ‘तपाईंहरू प्रदेशलाई समृद्ध बनाउने योजना ल्याउनुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रदेश सरकारले स्पष्ट योजना बनाएर दिए संघीय सरकार सहयोग गर्न तयार छ ।’
ओलीले देशमा २१ प्रतिशत गरिबीको रेखामुनि रहे पनि प्रदेश २ मा भने यो संख्या अझै ४२ प्रतिशत रहेको बताए । मुलुकका २६ प्रतिशत जनताको शौचालयमा पहुँच भए पनि प्रदेश २ का ७४ प्रतिशत जनताको घरमा शौचालय नभएको उनले जानकारी दिए । ओलीले भने, ‘यो लाजमर्दो अवस्था कसरी आयो रु यी विषयमा चिन्ता गर्नुपर्ने समय यही हो ।’










प्रतिक्रिया दिनुहोस्