भदौ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले उपचारका क्रममा जनताको भविष्यमाथि खेलवाड हुने प्रकारका कार्य भएमा चिकित्सकहरुलाई कानुनी कारवाही हुने वताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै मन्त्री ढकालले चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानूनको भागीदार हुनुपर्ने बताउँदै बिरामीको उपचार गर्दा अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेला तथा एउटा उपचार गर्नुपर्नेमा अर्कौको उपचार गरी मृत्यु भएमा कानूनको दायरामा आउने बताएका छन् । तर असल नियत राखेर उपचार गर्दा गर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी दायरामा आउनु नपर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्