भदौ ३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले कला, संस्कृति, पर्यटन तथा पहिचनाको विकास गर्दै भक्तपुरको मुहार फेरिने बताएका छन् ।
शनिवार सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि.को रजत महोत्सव २०७५ को उपलक्ष्यमा वोल्दै सांसद वस्नेतले भक्तपुरको कला र संस्कृतिको जगेर्ना गर्दै आर्थिक विकासलाई तिव्रता दिनुपर्ने भन्दै नेपाल सरकारलाई २० करोड रकम माग गरिएको जानकारी गराए । यस्तै पर्यटन मन्त्रालयवाट १५ लाख निलवाराही क्षेत्रको विकासको लागि रकम विनियोजन भएको बताउँदै उक्त स्थानको विकासको लागि पाँच करोड र दक्षिण वाराहिमा एक करोड रकम छुट्याउने कार्य भइरहेको बताए ।
सांसद वस्नेतले पछिल्लो समय सरकारले करको आतंक फैलाएको भन्ने समाचार प्रति कडा रुपमा खण्डन गर्दै सरकारले कुनै पनि क्षेत्रमा सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने गरी कर नवढाएको दावी गरेका छन् । उनले व्यापार घाटा कम गर्न भन्सारमा मात्र कर लगाएको बताए । जनताको दैनिक उपभोग्य सामग्रीमा भन्सार नवढाइएको बताउँदै विलासिताका सामग्रीमा भने भन्सार लगाएको बताए ।
त्यस्तै सांसद वस्नेतले आयकर आम्दानी हुनेले मात्र तिर्नुपर्ने भन्दै कृतिम अभावको सिर्जना गरी मुल्य वढाउनेलाई सरकारले कडा भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिए । वर्तमान सरकारले कर छलि गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने वताउँदै घरवहाल कर तथा करोडौंमा खरिद गरेको घर जग्गालाई थोरै रकम देखाई पास गर्नेहरुको लागि भने सरकारले कडाई गर्ने वताउँदै सम्पत्ती शुद्धिकरणमा उजुरी परे त्यस प्रकारका कर छलि गर्ने प्रवृत्तिका कार्यहरुमा कालो धनमा परिणत हुने र कानुनी कारवाही हुने समेत चेतावनी दिएका छन् ।
सांसद वस्नेतले कर छल्नेहरुले नै कर वढाएको भनि अनावश्यक हल्ला फैलाएको दावि समेत गरेका छन् । त्यस्तै वर्तमान सरकारलाई विफल वनाउन केही मिडिया तथा व्यक्तिहरु लागि परेको वताउँदै सरकार विफल वनाउने सपना नदेख्न समेत चेतावनी दिएका छन् ।
त्यस्तै वाढीका कारण भक्तपुरमा १२ करोड भन्दा वढीको क्षती भएको भन्दै आगामि दिनमा त्यसलाई पूर्ण रुपले नियन्त्रण गर्न हनुमन्ते नदीमा करिडोर तत्काल कार्य शुरु हुने बताएका छन् । बालकुमारीदेखि च्याम्हासिंहसम्म एक तर्फि करिव १२.५ किलोमिटर रहेको उक्त नदीको चौडाई २० मिटर र दायाँ वाँया करिडोर २०/२० मिटरको गरी जम्मा आधुनिक प्रविधिको ६० मिटरमा नदीको व्यवस्थापन गरी भक्तपुरलाई वाढी मुक्त वनाउने कार्य अघि वढेको जानकारी गराएका छन् ।
सांसद वस्नेतले नदीको करिडोको कार्य अघि वढाउन उपत्यका सहरी विकासबाट २० लाख डिपिआर तयार गर्न रकम विनियोजित भएको र तत्काल कार्यान्वयन गर्नको लागि ८० लाख रकम विनियोजन भएको जानकारी गराउँदै करिडोको निमार्ण पश्चात कोटेश्वरको जामको अन्त्य सँगै डुवानको समस्या स्थायी रुपमा समाधान हुने वताएका छन् । त्यस्तै तत्कालै करिडोरको काम मध्यपुर अस्पताल र राधेराधेबाट काम शुरु हुने बताए ।
त्यस्तै भक्तपुरलाई विकसित तथा परिस्कृत वनाउने क्रममा गठ्ठाघरमा रहेको १६९ रोपनी नागरिक उड्ययन प्राधिकरणको जग्गामा पाँच हजार क्षमताको आधुनिक सभागृह निर्माण गर्ने प्रकृया समेत अघि वढी सकेको जनाउँदै एक हप्ता भित्रमा क्याविनेको वैठकले निर्णय गर्ने जसको लागि नेपाल सरकारको तर्फवाट ३३ करोड रकम विनियोजन भएको बताए ।
उपत्यका विकास प्राधिकरणको माध्यमबाट भक्तपुरमा १०५ वटा सडक विस्तारका कार्यहरु अघि वढ्को वताउँदै तत्काल वप्पादेखि मध्यपुर नगरपालिका जाने वाटो पिच हुने कार्य शुरु हुने वताउँदै वाप्पा देखि मुलपानी जाने आधुनिक सडक तत्काल बन्ने बताए । त्यस्तै राधेराधेदेखि वोडे (कृषि विकास तालिम केन्द्र)सम्म जाने नयाँ केन्द्रिय सडकमा समावेश गरिएको, मध्यपुर हस्पीटल हुँदै दधिकोट जाने सडक पनि यसै पालि सम्पन्न हुने, निकोसेरादेखि खस्र्याङ खुर्सूङ सडकको पनि डिपिआर भइरहेको, ३० वटा भन्दा वढी सडकहरुको विस्तारको क्रम अघि वढेको, सूर्यविनायक नगरपालिकादेखि धुलिखेल सम्म ६ लेनको सडक निर्माण हुने, मनोहरा करिडो तत्काल निर्माण कार्य सम्पन्न हुने जानकारी दिएका छन् ।
कोटेश्वरको जामलाई अन्त्य गर्नका निम्ती करिडोरको साथ साथै भक्तपुरमा पाँच/छ वटा पुलहरुको निर्माण कार्य अभि वढिरहेको बताउँदै आधुनिक स्मार्ट सिटी बन्ने वताएका छन् ।
त्यस्तै यसै वर्ष भक्तपुरका जनतालाई मेलम्चीको खानेपानी विस्तार गर्ने बताएका छन् । सूर्यविनायक नगरपालिकाको कटुञ्जेमा खानेपाली निमार्णको निम्ती ७ करोड रकम विनियोजन भएको समेत जानकारी दिएका छन् ।
त्यस्तै भक्तपुरलाई विकसित वनाउने क्रममा चाँगुनारायणमा नयाँ विर अस्पताल वनाउका निम्ती डिपिआर गर्न १२ करोड विनियोजन भएको, भकारी मुलमा ५० हजार क्षमताको रंगशाला निर्माण गर्ने गर्ने प्रकृया अघि वढेको, पलासेदेखि साँगासम्म सुरुङमार्ग सहितको सडक निर्माण, कोटेश्वरमा नयाँ सुरुङ मार्गको डिपिआर तत्काल हुने, जडिवुटीदेखि तीनकुने र वालकुमारीदेखि तीनकुनेसम्म सुरुङ मार्ग वनाउन डिपिआर प्रकृया सुरु भएको, कोटेश्वरको टंक प्रसादको शालिकवाट पेप्सीकोला जाने सडक निर्माणको कार्य अघि वढ्ने र जडिवुटीदेखि सूर्यविनायकसम्म सडकमा तत्काल सोलार लाईटको व्यवस्था गरी उज्यालो अरनीको राजमार्ग निर्माण गर्ने कार्य अघि वढेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्