भदौ ३, विराटनगर । विराटनगरमा हार्डवेयर पसलको सुरक्षा गार्डको हत्या भएको छ ।
विराटनगर-४ पीपलचोक घर भएका ५० बर्षका टंक भट्टराई विराटनगर महानगरपालिका २ मा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्डको काम गर्थे । भट्टराईको शव हार्डवयरका कामदारले ढोका खोल्दा उनको शव सुत्ने कोठाको खाटमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सिरानीले मुख थुनेको अवस्थामा उनको शव फेला परेको भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्