Banner News

आवेग, उत्तेजनामा शक्तिको दुरुपयोग हुदैन, काँग्रेसले संविधानको बर्खिलाप गर्दै मौसमी कुरा गर्यो : प्रम ओली



भदौ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग, उत्तेजना, आग्रह तथा शक्तिको दुरुपयोग नहुने भन्दै संविधानको बर्खिलाप हुने गरि मौसमी कुरा नगर्न प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।

आइतबार राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवसको अवसरमा राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रह गरे । सबै मिलेर संविधानमा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न कांग्रेसलाई नैतिकताले नदिने बताए ।

कुनै वहानामा सरकारको विरोध गरेरमात्र राजनीति नचल्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारकाले गरेका कार्यमा साथ दिई देश विकासमा लाग्न आग्रह गरे । कुनै वहानामा झमेला झिकी देशलाई नै समस्या निम्त्याउने प्रयास नगर्न समेत प्रतिपक्षि दललाई आग्रह गरे । उनले प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाए ।

उनले राज्यका निकायहरुमा राजनीतिक विचारका आधारमा नभई विषय विज्ञताका आधारमा नियुक्ति हुने बताएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले संविधानमा नै सूचनाको हक सरकारमा भए दिने र नभए लिने भनेर लेखेको भएकाले सुचनाको हक कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए ।