भदौ ३, ललितपुर । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान ओली नेतृत्वको सरकार ६ महिने कार्यकालमा उत्तारित भई पास भएको बताएका छन् ।
नेपाली कांग्रेसले केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकार बल्लबल्ल हुने अवस्थाले देश सम्बृद्धिको बाटोमा नजाने कांग्रेसले जनाएको छ ।
कांग्रेसले भदौ एक गतेदेखि लागू भएको मुलुकी ऐनका कमजोरीहरुलाई समयमै सच्याउनु पर्ने समेत बताएका छन् । प्रेसमाथि अंकुश, चिकित्सकहरुको पेशागत मर्यादाको विषय र प्रहरीको अनुसन्धानमा पर्न सक्ने प्रभावका विषयमा मुलुकी ऐनलाई संशोधन गर्नुपर्ने शर्माले बताए ।
कर लगाउने विषय ठीक भए पनि र जिम्मेवार नागरिकले कर तिर्नुपर्ने भए पनि त्यो कत्तिको न्यायोचित छ भन्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताएको छ ।
काग्रेस प्रवक्त शर्माले भने ‘नेपालमा सरकार गठन भएको १ सय दिन र एक वर्षमा सरकारको समिक्षा हुने भए पनि सरकार आफैंले आफ्नो समिक्षा सार्वजनिक गरेकोले हामीले प्रतिपक्षको हिसाबले कमिकमजोरी औंल्याएका छौं ।’ त्यस्तै प्रवक्ता शर्माले सरकारका राम्रा कामलाई सम्मान गर्दै कमिकमजोरीका विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको बताए ।
सार्कका सबै राष्ट्रका प्रमुखलाई सरकारले सुरक्षा दिएको अवस्थामा भारतीय सेना नेपालमा सुरक्षाका लागि आउनु गलत भएको वताउँदै प्रवक्ता शर्माले भने प्रतिपक्षका विषयमा नकारात्मक टिप्पणी गर्दै हिड्नु आवश्यक नभएको दावि गरेका छन् । अभिव्यक्ति राख्ने, प्रदर्शन गर्ने स्वतन्त्रता खोस्न नपाउने भन्दै प्रेसमाथि आक्रमण भएको छ, जहाँ मन लाग्यो त्यहाँ निषेधित क्षेत्र बनाइएकोमा दुःख व्यक्त गरेका छन् ।
नेपालमा संघीयता नौलो अभ्यास भएको भन्दै प्रवक्त शर्माले भने ‘दुई वटा प्रदेशले नाम पाए पनि पाँच प्रदेशले अहिलेसम्म नाम पाएका छैनन्, कानून पाएका छैनन् । बल्ल बल्ल मुख्य सचिव पाए पनि अरु संरचनामा सरकारले ध्यान दिएन । सरकारको नियतमाथि प्रश्न छ । सरकार सुरुमा संघीयतालाई कमजोर बनाउने र त्यसपछि खारेज गर्ने षड्यन्त्रमा छ जस्तो देखिन्छ ।’
सम्बृद्धिको हवाई उडानः गफका भरमा मात्र नहुने भन्दै सकारले दुई तिहाइ पाए पनि सम्बृद्धिका लागि खास काम गर्ने योजना बनाउन नसकेको दावि गरेका छन् । विपी प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको तलब घट्यो। नेपालमा विश्वविद्यालय खोल्ने आँट आयो, राज्य रजौटा उन्मुलन भयो । अहिलेको मुल्यांकनमा सरकार कहाँ छ रु क्रमभंगता कायम गर्न सरकारले किन सकेन रु यो सरकार बलियो ढंगले जाओस् भन्ने नेपाली काग्रेसको चाहना रहेको वताए ।
संसदमा दुई तिहाईको दम्भमा सरकारले न्यायपालिकालाई लाचार छाँया बनाउन नपाईने बताउँदै प्रधानमन्त्री आफैले प्रस्ताव गरेको व्यक्तिलाई उनका पार्टीका साथीहरु भएको समितिले अयोग्यता देखाउँदै प्रधानन्यायाधीशमा अस्वीकृत गरेको छ । यहाँ प्रधानमन्त्रीको दोहोरो चरित्र देखियो। यसले न्यायालय कमजोर बनाउने प्रवत्ता शर्माले दावि गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्