भदौ ४, काठमाडौ । मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाने भएको छ ।
अगस्ट २८ देखि हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आज श्रीलंका जान लागेको हो । श्रीलंकामा आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछन ।
नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् । यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् ।










प्रतिक्रिया दिनुहोस्