भदौ ४, काठमाडौँ । पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् ।
काठमाडौंको बबरमहलमा रहेको आफ्नै घरमा झा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् ।
प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।
८० वर्षीय झा को हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्