राजनीति

आगामी पाँच वर्षमा सवै गाउपालिकामा इन्टरनेट : मन्त्री वास्कोटा



भदौ ४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने देशभरका सवै गाउँपालिकामा अवको पाँच वर्ष भित्रमा इन्टरेटको पहुँच पुर्याउने दावि गरेका छन् ।

सङ्घीय संसद् विकास तथा प्रविधि समितिको आजको बैठकलाई सम्बोधन गर्दे मन्त्री बाँस्कोटाले मन्त्रालयले सबै भूगोललाई समान विकासमा जोड दिएको जानकारी दिए । त्यस्तै उनले नेपाल टेलिकमको सेवा र क्षेत्र विस्तार गर्न अगामी ६ महिनाभित्र देशका विभिन्न स्थानमा ६३८ टावर जडान सम्पन्न हुने, दूरसञ्चार प्रविधिको चौंथो पुस्ता (फोर जी) देशका प्रमुख शहरमा विस्तार गर्ने र पाँचौं पुस्ता (फाइव जी) भित्रयाउने वताएका छन् । त्यस्तै उनले भने “सञ्चार तथा सूचना प्रविधिको विकास तथा विस्तार कार्यलार्ई द्रुत गतिमा अगाडि बढाउन मन्त्रालयले कार्ययोजना बनाइ तोकिएको अवधिमा तोकिएको काम सम्पादन गर्नेछ ।”

मन्त्री बाँस्कोटाले सबै प्रकारका आमसञ्चारका माध्यममा जनताको पहुँच पु-याइने, आमसञ्चारलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाइने, नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजानिक प्रसारण संस्थाको रुपमा एकै व्यवस्थापनमा सञ्चालन गरिने र सातै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने जानकारी बताए । करीब ८३ प्रतिशत जनताको पहुँचमा पुगेको रेडियो नेपाल र ७२ प्रतिशत जनताको पहुँचमा पुगेको नेपाल टेलिभिजनका सेवा अगामी पाँच वर्षमा सबै जनताको पहुँचमा पु-याउने, आव २०७४/७५ मा ८७८ पत्रकारको दुर्घटना बीमा भएको र पत्रकार वृत्तिकोषको कार्यविधि स्वीकृत भएको बताए ।

उनले उनले देशको एकमात्र समाचार उत्पादन तथा वितरण गर्ने संस्था राष्ट्रिय समाचार समिति (रासस)को प्रत्येक वर्ष एउटा प्रदेशमा एउटा नयाँ कार्यालय भवन निर्माण गर्ने बताउँदै यस आर्थिक वर्षमा पोखरामा प्रादेशिक भवन निर्माण गर्न लागेको जानकारी दिए । मन्त्री बाँस्कोटाले देशको गौरव र प्रतिष्ठासित गाँसिएको राससका स्थायी समाचारदाता चीनको बेइजिङ र अमेरिकाको न्युयोर्कमा राख्न लागिएको, राससका महत्वपूर्ण समाचार तथा अभिलेखको ‘डिजिटल अर्काइभ’ तयार गर्ने काम भइराखेको, गोरखापत्र विराटनगर र कोहलपुरबाट प्रकाशनको शुरुवात भएको बैठकमा जानकारी दिए ।