समाचार

काठमाडौं महानगरपालिकामा छुटको वर्षा : अधिकाशं सिफारिस निशुल्क



भदौ ५, काठमाडौं । काठमाडौं महानगरपालिकाले अधिकांश सेवा निशुल्क साथै महानगरपालिकाले नगरबासीलाई लगाउँदै आएको करमा समेत भारी छुट गरेको छ ।

महानगरपालिकाका अनुसार सम्पत्ति कर, बहाल कर, ब्यवसायी करमा भारी छुट दिने निर्णय भएको हो । त्यस्तै, अधिकांश सिफारिस दस्तुर निशुल्क गर्ने निर्णय गरिएको हो ।

मुलुकभर स्थानीय तहमा कर बढाइएको गुनासो आइरहेको बेला काठमाडौं महानगरपालिकाले भने अधिकांश सेवा निशूल्क दिने घोषणाले एउटा देशको लागि सकरात्मक सन्देश जाने देखिन्छ ।

काठमाडौं महानगरका साथै चन्द्रागिरी नगरपालिका तथा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले पनि १३ वटा सेवाहरुमा निशुल्क गर्ने घोषणा गरेको छ ।