राजनीति

नेकपा आगामी पाँच वर्ष काम गर्छ, काग्रेस विरोध गरेरै विताउँछ : मन्त्री बास्कोटा



भदौ ५, काठमाडौं । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी पाँच् वर्ष जनमुखी कार्य गदर्ने र काग्रेस सरकारले गरेको राम्रो कामको विरोध गरेर मात्र वस्ने वताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै मन्त्री बास्कोटाले काग्रेसको विरोधले समृद्ध नेपाल सुखी नेपाली बनाउनमा कुनै लछार पछार नलगाउने दावि समेत गरेका छन् । सत्ताभन्दा वाहीर वस्नु परेको पिडाका कारण अहिले सरकारलाई कुनै पनि वहानामा गिराउने खेलमा रहेको समेत वताएका छन् ।

कर उठाएको विषयमा उनले भने ‘विश्वका शक्तिशाली राष्ट्रले पनि कर उठाएका छन् । अमेरिका, चाइना, भारतले पनि कर उठाउँछन्, कर उठाउनु पर्छ । कुखुरा र अण्डाको पनि कर लाग्छ । विरोध गर्नुको आवश्यक्ता छैन ।’

मुलुकी ऐनको विरोध भएकोमा सरकारका प्रवक्ता समेत रहेको सूचना तथा सञ्चारमन्त्री बास्कोटाले भने, ‘मुलुकी ऐन कांग्रेसले बनाएको हो । हामीले बनाएको होइन । सरकारलाई एउटा औँलाले देखाउँदा चार औँलाले आफूलाई देखाउँछ भन्ने जानकारी हुनुपर्छ ।’