भदौ ५, काठमाडौं । दाङमा ६० किलो लागूऔषध चरेशसहित ५ जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा धर्ती र ध्रुव जंगल बुढा छन् ।
जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुराकीका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएको हो भने उनीहरुबाट प्राप्त सूचना फलो गर्ने क्रममा अन्य ३ जना पनि पक्राउ परेका थिए ।
उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्