भदौ ६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसलाई कर लेस, हल्ला गरेस, सरकारको बदनाम गरेस् भन्ने स्थिती नल्याउन आग्रह गरेका छन् ।
आज संघिय संसदमा आफ्नो धारणा राख्दै सांसद वस्नेतले काग्रेसलाई सरकारको वदनाम गर्ने खेतीमा मात्र समय वर्वाद नगर्न चेतावनी दिएका छन् । पटक पटक विभिन्न वहानामा कुनै व्यक्ति वा अनौतिक मागको नाममा सडक तथा सदन आन्दोलन गरी हल्लाका भरमा अघि वढेको भन्दै आगामि दिनमा अनौतक तथा गैरजिम्मेवारी ढंगले प्रस्तुत नभई राष्ट्र, राष्ट्रियता तथा जनताको पक्षमा अघि वढ्न आग्रह समेत गरेका छन् ।
राष्ट्र र राष्ट्रियता अहिलको आवश्यकता भन्दै काग्रेसलाई लक्षित गर्दै सांसद वस्नेतले करका विषयमा कतिपय सांसदहरुले कथा तथा उपन्यास नै वनाएको बताएका छन् । करका विषयमा जति पनि नकरात्मक हल्लाहरु फैलाइएको छ ती सवै नगरपालिका तथा स्थानीय तहहरु काग्रेसले नै जितेको भन्दै काग्रेसले नै सर्कुलर जारी गर्न आग्रह गरेका छन् । त्यस्र्तै नेकपाले जितेका कुनै स्थानीय तहले कर वढाएको भए प्रमाणीत गरि देखाउन काग्रेसलाई खुल्ला चुनौति समेत दिएका छन् ।
प्रधानमन्त्री तथा सरकारलाई वदनाम गरी देश र राष्ट्रियतालाई नै समाप्त पार्ने खेलमा काग्रेस लागेको भन्दै सांसद वस्नेतले संविधान वनेको तीन वर्षसम्म वित्तिय आयोग किन वनेन ? भन्ने कुराको दोष सवैले लिनुपर्ने बताए ।
त्यस्तै आतंकवादी, लुटपाटमा संलग्न रहेको नेकपा विप्लप समुहका खड्गवहादुर विश्वकर्मा (प्रकाण्ड) लाई अदालतले रिहाई गरेकोमा कडा रुपमा प्रतिवाद गरेका छन् । प्रकाण्डलाई ९ वजेसम्म रजिष्टारको कार्यालयमा वस्ने अधिकार कसले दियो ? भनि प्रश्न समेत गरेका छन् । यसै सन्दर्भमा मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आफ्नो गाडिमा लिन जानु दुःखद भएको भन्दै अदालतले न्याय नपाएका आम सर्वसाधारणको मुद्धा स्थगन गरी आतंकवाद तथा लुटपाटमा संलग्न व्यक्तिको मुद्धालाई उच्च स्थान दिनु र त्यसमा मानव अधिकारको गाडि नै लिन पुग्नु आयोग तथा सुदिप पाठकको धारणा के हो ? भनि प्रश्न गरेका छन् ।
सांसद वस्नेतले नेपाल सरकारले हत्या, हिंसा, लुटपाट, आतंकवादलाई नियन्त्रण गर्न सरकारले जुन प्रकारको अभियान सञ्चालन गरेको छ त्यसलाई पूर्ण रुपमा समर्थन रकेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्