भदौ ६, महोत्तरी । महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा नमाज वाचनका लागि भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा १० जना घाइते भएका छन् भने प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाइफायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको हो । बिहान ८ बजे दुई पक्षबीच भएको हो । झडपमा परि घाइते भएकाको अवस्था सामान्य रहेका छ ।










प्रतिक्रिया दिनुहोस्