राजनीति

सभामुख महराद्वारा इदको शुभकामना : बलिदानी, त्याग, शान्ति, समृद्धि र सत्मार्ग



भदौ ६, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद (इद उल जोहा) का अवसरमा बलिदानी र त्याग, समर्पण शान्ति, समृद्धि, भाव र सत्मार्गमा अगाडि बढ्न विश्वमा रहेका सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरिएका छन् ।

महराले जारी गरेको सन्देशमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।