भदौ ६, काठमाडौँ । गर्मी महिनामा सर्पले टोकेको घटना धेरै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पले टोकेको घटना बढी पाइएको छ । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने साथै तन्तुहरुमा क्षति पुर्याउदछ । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्।
के गर्ने ?
- सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।
- सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।
- टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।
- कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।
- आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला। सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।
के नगर्ने ?
- सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।
- टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।
- टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।
- टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।
- टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।
- एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।
- टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।
प्रतिक्रिया दिनुहोस्