समाचार

अज्ञात व्यक्तिद्वारा रामेछापमा अधिकृतमाथि छुरा प्रहार



भदौ ७, रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात व्यक्तिद्वारा छुरा प्रहार भएको छ ।

मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको आफ्नै निवासमा सुतिरहेको बेला गएराति ९ बजेतिर मुखमा माक्स लगाएर एका व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् ।

उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।

छुरा घटनास्थलमा नै फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।