राजनीति

त्रिविमा आर्थिक घोटला तथा नीतिगत भ्रष्टचार, छानविन गर्नुपर्छ : नेविसंघ



भदौ ७, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समितिले यूएसएआर्इडी मार्फत मानवशास्त्र संकायमा आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको छ ।

समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाउँदै उनले भने ‘त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छाप समेत दुरुपयोग गरी वार्षिक लाखौँ रकम बुझ्ने काम भएको छ ।’