Banner News

सुकुम्वासी समस्या राष्ट्रिय समस्या, पाँच वर्षभित्र स्थायी समाधान : प्रम ओली



भदौ ७, झापा । प्रधानमन्त्री केपी ओलीले सुकुम्वासी समस्या राष्ट्रिय समस्या भएकाले आगामी पाँच वर्षभित्र स्थायी समाधान गरिने बताएका छन् ।

पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा बुधवार आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ संकल्पित रहेको पनि बताए । लोपोन्मुख, गरिब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले न्यूनतम मापदण्ड पूरा गरी प्रतिस्पर्धामा आउन सक्नुपर्ने बताएका छन् ।

कार्यक्रममा वोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताए छन् ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले डाँस र बक्राहा खोलाको कटानको समस्या स्थायीरूपमा समाधानका लागि आफू क्रियाशील रहेको बताए। त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१० स्थित १०८ बिगाहा जग्गामा सांस्कृतिक सङ्ग्रहालय बनाउने सरकारको कार्यक्रम रहेको जानकारी दिएका