समाचार

सीपयुक्त जनशक्तिलाई मात्रै विदेश पठाउने सरकारको तयारी : मन्त्री विष्ट



भदौ ७,काठमाडौं । सरकारले सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने अनिवार्य व्यवस्था गर्न लागिएको जानकारी गराएका छन ।

बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिक्न सरकारले आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिएको स्पष्ट पारेका छन ।

नेपालले १ सय १० वटा मुलुकलाई वैदेशिक रोजगारीमा जान खुला गरेको छ । मन्त्री विष्टले ती देशहरुमा नेपाली कामदारको सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले उनीहरुलाई अनिवार्य सीप सिक्ने व्यवस्था गर्न लागिएको बताएका छन ।