राजनीति

व्यापारको नाममा अपराध गर्ने छुट छैन, गुणस्तरीयमा प्रतिवद्धता : मन्त्री यादव



भदौ ८, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले गुणस्तरीय वस्तु तथा सेवामा प्रतिवद्ध रहेको बताउँदै व्यापारको नाममा अपराध गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले सरकारले गैरकानूनी र अनियमित कामकारबाही गरी उपभोक्तालाई ठगी गर्ने जो कोहीलाई पनि कडा कारबाही गर्ने बताएका छन् । त्यस्तै बजार शुद्धीकरण अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै जुनसुकै बहानामा उपभोक्ता ठगिनु नहुने बताएका छन् । त्यस्तै गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउनु जनताको अधिकार भएको समेत वताएका छन् । त्यस्तै मन्त्री यादवले कुनै पनि वहानामा हड्ताल गरे त्यसलाई सरकारले छुन नदिने समेत चेतावनी दिएका छन् ।

मन्त्री यादवले कालीमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बिचौलियाको अन्त्य गर्ने समेत बताएका छन् ।